Logo
Logo

माधव नेपालले गरे मतदान


315
Shares

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । उनले गौरस्थित वडा नम्बर ४ मा पर्ने कन्या प्रावि मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।

उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन् । मतदानपछि नेपालले जनताहरु मतदान गर्न उत्साहित भएको बतए । उनको क्षेत्रमा कूल १ लाख २ हजार ४३६ मतदाता छन् ।

जिल्लाभरि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बताए । रौतहटमा २७६ मतदानस्थल र ५२३ मतदान केन्द्र रहेका छन् ।

प्रतिनिधिसभातर्फ ६७ र प्रदेशसभातर्फ १४० उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्