Logo
Logo

मलाई प्रधानमन्त्रीको दाबेदार बनाउन जनताले मतदान गर्नेछन्- गगन


945
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा निर्वाचन काठमाडौं–४ का उम्मेदवार गगनकुमार थापाले सानदार ढङ्गले आफ्नो जित हुने दाबी गरेका छन् ।

मतदानपछि पत्रकारसँग कुराकानी गर्दै नेता थापाले मतदाताहरुले संसदीय व्यवस्थाभित्र ठूलो परिवर्तन ल्याउन चाहेकाले आफूलाई सानदार ढङ्गले निर्वाचित गराउने दाबी गरेका हुन् ।

आफू निर्वाचित हुनको अर्थ भावी प्रभानमान्त्रीको दाबेदार बन्न रहेको भन्दै नेता थापाले जनताको मतलाले आफूलाई प्रधानमन्त्रीको दाबेदार बाउने विश्वास व्यक्त गरेका छन् ।

थापाले लामो समयदेखी आफूलाई प्रधानमन्त्रीको दाबेदारको रुपमा प्रस्तुत गर्दै आएका छन् । निर्वाचन प्रचारको समयदेखि नै थापाले भावी प्रधानमन्त्रीको रुपमा आफूलाई मतदान गर्न आग्रह गर्दै आएका छन् ।

देश युवाको नेतृत्वमा अगाडि बढ्नुपर्ने र कांग्रेसको तर्फबाट आफ्नो दाबेदारी रहेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्