Logo
Logo

रोल्पाबाट माओवादीका पुन र महराले गरे मतदान


252
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उपमहासचिव वर्षमान पुनले मतदान गरेका छन् । दुवै नेताले रोल्पाको आ–आफ्नो क्षेत्रबाट पहिलो मतदान गरेका हुन् ।

महराले रोल्पा नगरपालिका–१ बामरुकस्थित तारा माविमा रहेको मतदान केन्द्रम मतदान गरेका हुन् । यसैगरी नेता पुनले रोल्पा नगरपालिका–७ स्थित बाल उदय माविमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रतिनिधिसभा सदस्यमा रोल्पाबाट उम्मेदवार रहेका पुनको यो चौथो पटकको संसद् यात्रा हो । पहिलोपटक समानुपातिकबाट सांसद बनेका पुन दुई पटक प्रत्यक्षमा निर्वाचित भएका थिए ।

ऊर्जा, अर्थ र शान्तिमन्त्री भैसकेका पुन यस अघि २०७४ मा रोल्पा र २०६४ मा ललितपुरबाट विजयी भएका थिए । अहिले उनी सत्ता गठबन्त्रनका साझा उम्मेदवार हुन्।

प्रतिक्रिया दिनुहोस्