Logo
Logo

तनहुँको घिरिङमा अझै मतदान सुरु भएन


252
Shares

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ मा मतदान सुरु भएको छैन । प्रहरीले दुईजना एमाले कार्यकर्ता पक्राउ गरेपछि यहाँ मतदान सुरू हुन नसकेको हो ।

शनिबार कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएपछि प्रहरीले दुईजना एमालेका कार्यकर्तालाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काका अनुसार झडपका कारण घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कृष्ण मावि मतदान केन्द्रमा मतदान कार्य सुचारु हुन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्