Logo
Logo

प्रजातान्त्रिक अभ्यासमा सहभागी हुन पाउँदा खुसी छु : कमल थापा


252
Shares

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मतदान गरेका छन् । हेटौंडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालय केन्द्रबाट मतदान उनले गरेका हुन् ।

मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका थापाले मतदानपछि ट्टि गर्दै भनेका छन्, ‘महान प्रजातान्त्रिक अभ्यासमा सहभागी हुन पाउँदा खुसी र गौरवको अनुभव भएको छ ।’ उनले यो चुनावले देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा कोशेढुंगा बन्न सक्ने अपेक्षा गरेका छन् ।

नेकपा एमालेसँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएका थापाले भनेका छन्, ‘यो चुनावले देशमा राष्ट्रियताको संरक्षण, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक समृद्धिको लक्ष्य प्राप्तिमा कोशेढुंगा बन्न सकोस् ।’ यो क्षेत्रमा थापासँग सत्ता गठबन्धनका साझा उम्मेदवार डिना उपाध्याय चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्