Logo
Logo

रौतहटमा प्रहरीद्धारा हवाइ फायर


945
Shares

काठमाडौं । रौतहटको एक मतदान केन्द्रमा हवाइ फायर भएको छ । आइतबार बिहान मतदानका क्रममा विवाद भएपछि जिल्लाको गुजारा नगरपालिका–४ स्थित मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको हो ।

मतदानका क्रममा दुई पक्षबीच भएको विवादले उग्ररूप लिएपछि प्रहरीले बल प्रयोग गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए । मतदान केन्द्र तनावग्रस्त बनेपनि मतदान भने नराेकिएकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्