Logo
Logo

मौन अवधिमा विपक्षीले रातभर पैसा बाँडे : अध्यक्ष नेपाल


1.7k
Shares

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मौन अवधिको बेलामा आचारसंहीताको उल्लंघन भएको पाइएकाले निर्वाचन आयोगले आवश्यक कारबाही गर्नुपर्ने बताएका छन् ।

पूर्वपूधानमन्त्रीसमेत रहको आइतबार बिहान गृह जिल्ला रौतहटको निर्वाचन क्षेत्र नम्बर १ स्थित रामजानकी कन्या आधारभूत माध्यामिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरेपछि यस्तो बताएका हुन् ।

श्रीमती गायत्रीसँगै मतदान गरेका अध्यक्ष नेपालले जनताले पाएको सार्वभौम अधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई आग्रहसमेत गरे । योक्रममा उनले मौन अवधिमा विपक्षीले रातभर पैसा बाँड्दै र मासुमाछाको भतेर लगाएको सुनेको बताए ।

सरकारले निर्वाचनका विकृतिलाई रोक्न कडाइ गर्न आवश्यक रहेको भन्दै अध्यक्ष नेपालले भने, ‘खासगरी निर्वाचनमा देखापरेको विकृतिहरुको बारेमा खबर धेरै सुनेको छु । रातभर पैसा बाँड्दै अनि मासुमाछाको भतेर लगाउँदै विपक्षीहरु हिँडेको सुनियो । खासगरी प्रमुख विपक्षीको रुपमा रहेको पार्टीका उम्मेदवारहरुले आचारसंहीताको चरम उल्लंघन गरेको भन्ने सुनेँ । राति मोटरसाइकलमा पैसा बाँड्दै हिँडेको, ठाउँठाउँमा फेला परेको सुन्नमा आएको छ ।’

प्रतिक्रिया दिनुहोस्