Logo
Logo

बाजुराको दुई केन्द्रमा मतदान अवरुद्ध


630
Shares

बाजुरा । बाजुराको दुई मतदान केन्द्रमा मतदान कार्य अवरुद्ध भएको छ ।

दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि बूढीगंगा नगरपालिका–८ स्थित गिरिखेल्ने प्रावि र बूढीनन्दा–५ को मतदान केन्द्रमा मतदान प्रक्रिया अवरुद्ध भएको हो ।

विवादले उग्र रुप लिएपछि गिरिखेल्ने प्राविमा सुरक्षाकर्मीले ७ राउन्ड हवाई फायर गरेको छ । यसअघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बाजुरामा मतदान रद्द भएको थियो ।

यस पटक बुथ कब्जा तथा फर्जी मतदान गर्नसक्ने जोखिम औंल्याउँदै प्रहरी प्रधान कार्यालयले दोलखा, कैलाली र बाजुरामा विशेष कार्यदलबाट छुट्टै टाेली परिचालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्