Logo
Logo

मतदान केन्द्रभित्र पटका पड्किएपछि मतदाताबीच भागदौड


945
Shares

मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्रभित्रै पटका पड्काइएपछि मतदाताबीच भागदौड मच्चिएको छ । मोरङको बूढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रभित्र ठूलो आवाजसहित विष्फोट भएपछि मतदान स्थगित भएको छ ।

लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो । विष्फोटको आवाजसँगै मतदाताबीच भगदौड मच्चिएको थियो ।

बम विष्फोट गराइएको भनेर त्रसित हुँदै मतदाता भागेपछि मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए । तर, पटका पड्किएको थाहा पाएपछि पुनः मतदान सुरु गर्न आवश्यक तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्