Logo
Logo

आगामी चुनाव लड्ने राजेश हमालको घोषणा


630
Shares

काठमाडौं । महानायक राजेश हमालले मतदान गरेका छन् । उनले आइतबार लैनचौरस्थित शान्ति विद्या निकेतन केन्द्रबाट प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि मतदान गरेका हुन् ।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले अर्को निर्वाचनमा आफु पनि उम्मेदवार बन्ने घोषणा गरे । उनले भने, ‘अबको पाँच वर्षपछि हुने निर्वाचनमा मलाई उम्मेदवारका रुपमा पाउनुहुनेछ ।’

पाँच वर्षपछि राजनीतिमा सक्रिय हुने बताएका उनले यसपटकको चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने बताए ।

प्रतिक्रिया दिनुहोस्