Logo
Logo

झलनाथ खनालद्वारा सबैले मताधिकार प्रयोग गर्न आग्रह


378
Shares

इलाम । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका–९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले मतदान गरेपछि निर्वाचनमा सबैले आफ्नो मताधिकारको प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘मुलुकको नेतृत्व पहिचान निर्वाचनले गर्ने भएकाले सबैले मतदान गर्नुपर्छ ।’ प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं–१ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका उनले गठबन्धनले बहुमत ल्याउने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्