Logo
Logo

नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ पक्राउ


504
Shares

कञ्चनपुर । निर्वाचन बिथोल्ने कार्यमा संलग्न भएको भन्दै कञ्चनपुरमा प्रहरीले नेकपा बहुमतका जिल्ला इन्चार्जसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।

भीमदत्त नगरपालिका–४ स्थित भृकुटी माध्यमिक विद्यालय मतदान केन्द्र बाहिरबाट इन्चार्ज हरिश दयालसहित ८ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उनीहरूले निर्वाचन विथाेल्ने कसीमका क्रियाकलाप गिररहेका थिए ।

उनीहरुलाई आवाश्यक कारवाहीका लागि प्रहरी नियन्त्रणमा लिइएको हो । उक्त समुहले देशका विभिन्न स्थानमा मतदान कार्यक्रमलाई प्रभावित हपार्ने किसिमका क्रियाकलापहरु गरिरहेको छ । यसअघि कास्कीमा मतपेटिका फुटाउने तीन जनालाई नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्