Logo
Logo

अन्तरिम मन्त्रिपरिषदका पूर्वअध्यक्ष रेग्मीले गरे मतदान


315
Shares

काठमाडौं । अन्तरिम मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मीले मतदान गरेका छन् । उनले काठमाडौं वडा नम्बर १० स्थित सानो गौचरणमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मी २०६९ मा अन्तरिम मन्त्रिपरिषदका अध्यक्ष बनेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनबाट बनेको संविधानसभाले संविधान बनाउन नसकेपछि रेग्मीको नेतृत्वमा अन्तरिम मन्त्रिपरिषद बनेको थियो ।
रेग्मीकै नेतृत्वमा २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्