Logo
Logo

प्रधानमन्त्रीको दौडमा रहेका ओलीले आफैलाई मतदान गर्न पाएनन्


7.3k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरे पनि आफैलाई भने मतदान गर्न पाएनन् । अध्यक्ष ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले मतदान भने भक्तपुरबाट गरेका छन् । मतदाता नामावलीमा ओलीको नाम भक्तपुरमा रहेकाले ओलीले आफैलाई मतदान गर्न नपाएका हुन् ।

अघिल्लो निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए । झापाबाट निर्वाचित भएपछि प्रधानमन्त्री भएका ओली प्रधानमन्त्री बनेका थिए ।

ओलीले आफूलाई यसपटक पनि प्रधानमन्त्रीको दौडमा राखेका छन् । उनले निर्वाचन अघिनै देश हाँक्ने दाबी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्