Logo
Logo

सहमति विना मतदान स्थगितको सूचना टाँस नगर्नू : निर्वाचन आयोग


315
Shares

काठमाडौं । निर्वाचन आयोगले केन्द्रको पूर्वसहमति नलिई कुनै पनि स्थानको मतदान स्थगित नगर्न मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ ।

सामान्य विवाद र अवरोधका कारण केही मतदान स्थलमा मतदान स्थगित हुन थालेपछि आयाेगले पुर्वसहमती नलिइ मतदान स्थगित नगर्न निर्देशन दिएको हो । केही जिल्लामा राजनीतिक दल, उम्मेदवार वा निर्वाचन बहिस्कार गर्ने पक्षका कारण मतदान स्थगित भइरहेको छ ।

आयोगले स्थगित भएको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ बजेसम्म कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको छ । आयोगले सामाजिक संजाल फेसबुक मार्फत सुचना जारी गर्दै लेखेको छ, ‘साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।’

अहिलेसम्म करिब एक दर्जन भन्दा बढी स्थानमा मतदान स्थगित भएको छ । कतै स्थगित भएका स्थानमा पुनस् मतदान सूचारु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्