Logo
Logo

हुम्लामा झडप : सहायक अधिकृतसहित दुई घाइते, १७ राउण्ड हवाई फायर


4.2k
Shares

हुम्ला । हुम्लाको सर्केगाडमा गाउँपालिका वडा नं. ३ स्थित देवकोटा आधारभूत विद्यालय उनापानी मतदानस्थलमा झडप भएको छ । सो क्रममा सहायक मतदान अधिकृत र सेनाका एक जवान घाइते भएका छन् ।

झडपमा घाइते हुनेमा सहायक मतदान अधिकृत प्रेम भण्डारी र नेपाली सेना हुद्दा अर्जुन उपरकोटी रहेको प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ । त्यहाँ बिहान साढे ९ बजेदेखि मतदान स्थगित भएको र मतपेटिका सुरक्षित रहेको प्रहरीले जनाएको छ ।

वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार कार्चेन लामा र स्वतन्त्र उम्मेदवार मंगलबहादुर शाहीका कार्यकर्ताबीच झडप भएको थियो । सोही क्रममा सहायक मतदान अधिकृत भण्डारीको टाउकोमा चोट लागेको हो ।

त्यसपछि सर्बदलीय बैठक छलफल गरी पुनः मतदान थाल्नेवित्तिकै एक दर्जन बढी व्यक्तिहरुले मतदान केन्द्र बाहिर ढुंगामुढा गरेपछि तनाव सुरु भएको थियो । अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्