Logo
Logo

मतदानपछि ओलीको प्रतिक्रिया- मंसिर १५ पछि एमालेकाे सरकार


252
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्ने दावी गरेका छन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ मतदान केन्द्रबाट भोट हालेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले एमालेले बहुमत ल्याउने दाबी गर्दै मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्ने बताएका हुन् ।

उनले भने, ‘ हामी बहुमत ल्याउँछौँ । मंसिर १५ सम्ममा एमाले नेतृत्वको सरकार बन्छ । अहिले सहकार्य गरेको दलहरू मिलेर सरकार बनाउँछौं ।’

उनले रवी लामिछानेलाई लक्षित गर्दै यस पटकको निर्वाचनमा नयाँ आएका दलहरू राष्ट्रिय दल बन्ने नदेखेको दावी गरे ।

ओलीले उत्साह र शान्तिपूर्णरूपमा निर्वाचन भइरहेको बताए । उनले अहिलेसम्म मतदान नगरेकाहरूलाई मतदान केन्द्रमा गएर मतदान गर्न आग्रहसमेत गरे ।

प्रतिक्रिया दिनुहोस्