Logo
Logo

देशभर ३२ प्रतिशत मतदान : निर्वाचन आयोग


252
Shares

काठमाडौं । आज देशभर जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हालसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको जानकारी दिएका हुन् ।

आज ७७ वटा जिल्लामा २२ हजार २२७ मतदान केन्द्रबाट एकसाथ मतदान भइरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १ करोड ७९ लाख मतदाता सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्