Logo
Logo

दार्चुलाकाे बगौरा मतदान केन्द्रमा विवादपछि मतदान स्थगित


378
Shares

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएको छ । हवाई फायरपछि यहाँ मतदान स्थगित गरिएको छ ।

मत हाल्न पुगेका एक जना मतदाताको पहिल्यै अरुले मत हालेको पाएपछि भएको विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो । त्यसपछि त्यसपछि स्थानीयबासिन्दा आक्रोशित भएका थिए । उनीहरुले प्रहरीमाथि ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ ।

अहिले यहाँ मतदान सुचार गर्नका लागि पहल भइरहेको निर्वाचन कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्