Logo
Logo

गठबन्धन हुनु लोकतन्त्रको अभ्यास : उपेन्द्र यादव


630
Shares

मोरङ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कसको नेतृत्वमा सरकार बन्छ अहिल्यै भन्न नसकिने बताएका छन् ।

विराटनगर–१४ स्थित स्नातकोत्तर क्याम्पसको विज्ञान भवन मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले नै प्रतिक्रिया दिनु हतार हुने भन्दै निर्वाचनको परिणामपछि नै कसको नेतृत्वमा सरकार गठन हुन्छ भन्ने निर्णय हुने बताएका हुन् ।

विभिन्न दलबीच विभिन्न गठबन्धन हुनु पनि लोकतन्त्रको अभ्यास भएको उनको टिप्पणी थियो । अध्यक्ष यादवले मुलुकको राजनीतिक उतारचढावबाट नै लोकतन्त्र परिपक्व र संस्थागत हुने बताए । उनले नेपालीको भविष्य राम्रो रहेकामा आफू आशावादी रहेको पनि स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्