Logo
Logo

इलाममा ११५ वर्षीय मनबहादुरले गरे मतदान


315
Shares

इलाम । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको जारी निर्वाचनमा इलाममा ११५ वर्षीय बृद्धले मतदान गरेका छन् ।

जिल्लाको फाकफोकथुम गाउँपालिका–७ शिकारी भञ्ज्याङस्थित सिंहदेवी माध्यमिक विद्यालय केन्द्रमा ११५ वर्षे मनबहादुर राईले मतदान गरेका हुन् ।

उनको नागरिकतामा जन्म मिति विसं १९६४ साल लेखिएको छ । नागरिकताअनुसार तत्कालीन एकतप्पा गाउँ पञ्चायत वडा नम्बर ५ मा उनको जन्म भएको हो ।

प्रतिक्रिया दिनुहोस्