Logo
Logo

काठमाडौंमा साँझ ७ बजेपछि यातायतका साधन चलाउन पाइने


756
Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्र आज (आइतबार) साँझ सात बजेपछि यातायतका साधन चलाउन पाइने भएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टका अनुसार आज साँझ सात बजेपछि यातायतका सधान चलाउन पाइने भएको हो ।

सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि पासबिनाका यातायतका साधन चलाउनमा रोक लगाएको थियो ।

उनका अनुसार बिना पासका १४ सय ३६ यातायतका साधनलाई ‘होल्ड’ गरिएको छ । उनका अनुसार दुई पांग्रे १३ सय ४९ वटा छन् भने बाँकी चार पांग्रे यातायतका साधन रहेका छन् । यी सवारीसाधन साँझ सात बजेपछि मात्रै सवारी धनीलाई जिम्मा दिने प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्