Logo
Logo

उपेन्द्र यादव पराजित हुने प्रक्षेपण


47.5k
Shares

काठमाडौं । अन्तिम अवस्थामा सत्ता गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुगेका जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव पराजित हुनसक्ने प्रक्षेपण सार्वजनिक भएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनदेखि एक्जिट पोल सार्वजनिक गर्दै आएको एबीसी टेलिभिजनले यसपटक सार्वजनिक गरेको एक्जिट पोलले उपेन्द्र पराजित हुने प्रक्षेपण गरेको हो ।

एक्जिट पोल सार्वजनिक गर्दै एबीसीले भनेको छ– ‘यसपटक सबैभन्दा ठूलो संकट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई आइलागेको छ । उनी जनमत पार्टीका अध्यक्ष सीके राउतसँग सप्तरी–२ मा पराजित हुने बलियो सम्भावना रहेको छ ।’

पछिल्लो समय मधेसमा पुराना नेताभन्दा सीकै लोकप्रिय छन् । त्यसैले उपेन्द्रले एमालेको साथ खोजेका थिए । तर, एमालेसँगको तालमेल पनि अपेक्षाकृत हुन सकेको छैन । त्यसकारण पनि उपेन्द्र पराजित हुने सम्भावना बढेको हो ।

प्रतिक्रिया दिनुहोस्