Logo
Logo

पम्फालाई हराउँदै तोसिमा निर्वाचित हुने प्रक्षेपण


22.2k
Shares

काठमाडौं । ललितपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रि स्वतन्त्र पार्टीका उम्मेदवार डा. तोसिमा कार्की विजयी हुने सम्भावना देखिएको छ ।

मतदानको लागि तोकिएको समय सम्मपन्न भएसँगै अनलाइन खबरले सार्वजनिक गरेको एक्जिट पोलमा डा. कार्कीलाई नयाँ सांसदका रुपमा पाउने बलियो सम्भावना देखिएको हो ।

अनलाइनखबरको प्रक्षेपण अनुसार ऊर्जामन्त्री तथा ललितपुर–३ कि सत्ता गठबन्धन उम्मेदवार पम्फा भुसालको हार्ने सम्भावना देखिएको छ । यसअघि सोही क्षेत्रबाट उनले जितेका थिए ।

प्रक्षेपण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ३५ प्रतिशत, नेकपा एमालेले २४ प्रतिशत, नेकपा माओवादी केन्द्रले ६ प्रतिशत र राप्रपाले ३ प्रतिशत मत पाएका छन् । ९ प्रतिशतले यीबाहेक अन्य दललाई र २३ प्रतिशतले कसलाई भोट हालेको खुलाउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्