Logo
Logo

भारी मतअन्तरसहित गगन थापा निर्वाचित हुने प्रक्षेपण


7.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ उम्मेदवार गगनकुमार थापा यसपटक पनि सर्वाधिक मतले विजयी हुने प्रक्षेपण सार्वजनिक भएको छ । पुरानै प्रतिस्पर्धी नेकपा एमालेका राजन भट्टराईलाई यसपटक पनि पराजित गर्दै गगन विजयी हुने प्रक्षेपण सार्वजनिक भएको हो ।

सेताेपाटी डटकमले काठमाडौं–४ को प्रक्षेपण गर्दै भनेको छ– ‘काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ४ मा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा आफ्ना प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भट्टराईभन्दा भारी मतले विजयी हुने देखिएको छ । सेतोपाटी टिमले आइतबार यो निर्वाचन क्षेत्रअन्तर्गत पर्ने सबै वडाका सबै मतदान केन्द्रमा गएर भोट खसालेर फर्किरहेका साढे आठ सयभन्दा बढी मतदातासँग प्रत्यक्ष कुराकानी गर्दा यस्तो स्थिति देखिएको हो ।’

अघिल्लो निर्वाचनमा पनि गगनले राजनलाई पराजित गरेका थिए ।

सेतोपाटीले यसअघि स्थानीय तह निर्वाचनमा बालेन्द्र शाह ‘बालेन’ काठमाडौंको मेयर निर्वाचित हुने प्रक्षेपण गरेको थियो । उक्त प्रक्षेपण मिलाएको सेतोपार्टीले यसपटक गरेको प्रक्षेपण पनि मिल्ने अनुमान गरिएको छ ।

गगन थापा निर्वाचन जिते आफू प्रधानमन्त्रीको प्रतिस्पर्धी बन्ने भन्दै भोट मागिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्