Logo
Logo

कृष्ण सिटौलालाई पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित हुने प्रक्षेपण


18.6k
Shares

काठमाडौं । नेकपा एमालेको साथ पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन यसपटक पनि निर्वाचित हुने प्रक्षेपण सार्वजनिक भएको छ ।

झापा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लिङ्देन पुरानै प्रतिस्पर्धी कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै पुनः निर्वाचित हुने प्रक्षेपण सार्वजनिक भएको छ । सिटौला वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनदेखि एक्जिट पोल सार्वजनिक गर्दै आएको एबीसी टेलिभिजनले यसपटक सार्वजनिक गरेको एक्जिट पोलले लिङ्देन निर्वाचित हुने प्रक्षेपण गरेको हो ।

अघिल्लो निर्वाचनमा पनि लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्