Logo
Logo

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित हुने प्रक्षेपण


164.4k
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं–५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेल नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित हुने प्रक्षेपण सार्वजनिक भएको छ ।

वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट चुनावी मैदान उत्रेका पौडेलले पोखरेलको विजय यात्रामा ब्रेक गलाउने प्रक्षेपण सार्वजनिक भएको हो ।

अग्रणी संचार संस्था अनलाइनखरले एक्जिट पोल सार्वजनिक गर्दै भनेको छ– ‘काठमाडौं–५ मा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पराजित हुने सम्भावना बलियो देखिएको छ । मतदानस्थलबाट बाहिर निस्किएका मतदाताहरुसँग अनलाइनखबरले गरेको सर्वेक्षणमा यसअघि निर्वाचित पोखरेल पराजित हुने संकेतहरु देखिएका छन् ।’ 

अनलाइन खबरले २३३ जनासँग संवाद गरेको र त्यसमध्ये ६६ जना (२८ दशमलव ४ प्रतिशत)ले कांग्रेस उम्मेदवार प्रदीप पौडेललाई र ४५ जना (१९.४) प्रतिशत मतदाताले मात्रै एमाले उम्मेदवार पोखरेललाई मत दिएको बताए उल्लेख गरेको छ ।

ईश्वर पराजित हुने कारण मध्ये अनलाइनखबरले एमालेको मत विभावित हुनुलाई पनि आधार बनाएको छ । एमालेको मत विभाजनबारे अनलाइनखबरले भनेको छ– ‘विगतको निर्वाचनमा एमालेलाई मत हाल्नेमध्ये १७ प्रतिशतले अहिले कांग्रेस उम्मेदवारलाई मत व्यक्त गरेका छन् भने त्यही नै मतदाता घण्टी चिह्न लिएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. प्रणय शमशेर राणालाई मत गएको देखिन्छ । विगतमा एमालेलाई मत दिएको र अहिले पनि एमालेलाई नै मत दिने मतदाता ४० प्रतिशत मात्रै छन्, बाँकी मत अन्य दलमा बाँडिएको छ ।’

ईश्वर अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए । अनलाइनखबरको प्रक्षेपण मिल्ने हो भने यसपटक उनको जित यात्रामा ब्रेक लाग्ने छ । 

प्रतिक्रिया दिनुहोस्