काठमाडौं । निर्वाचन सम्पन्न भएपछि देशभरीका मतगणनास्थलमा मतगणनाको तयारी भइरहेको छ । उच्च सुरक्षाका बीच मतगणना हुन लागेको छ ।
निर्वाचन आयोगले यसपटक मतगणनास्थलमा जारजाली नहुने बताएपनि सुरक्षा निकायले भने सबै मतगणस्थलमा तारजाली लगाएका छन् । गणनाका क्रममा मतपत्र च्यात्नबाट रोक्न यसरी देशैभरीका मतगणनास्थलमा तारजाली राखिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले देशैभरीका मतगणनास्थलमा तारजाली लगाइएको बताए । ‘निर्वाचन आयोगले मतगणनामा तारजाली नलगाउने प्रस्ताव राखेपछि हामीले जोखिम लिन सक्दैनौं, कसैले मतपत्र च्यातेमा त्यसको जिम्मेवार हामी नै हुनुपर्छ त्यसकारण सबै जसो मतगणनास्थलमा तारजाली लगाइएको छ ।’
विगतमा मतगणनामा बसेका प्रनिनिधिबाटै मतपत्र च्यात्ने घटना भएकाले त्यसयता यसरी तारजाली लगाउन थालिएको छ । तीन साताअघि आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले मतगणनामा ययपटक जारजाली प्रयोग नगरिने बताएका थिए । तर, सुरक्षा ब्रिफिङपछि आयोगले तारजाली प्रयोगमा सहमत भएको छ ।
साथै मतगणनास्थलमा सिसिक्योमरा समेत जडान गरिएको छ । मतगणनास्थल आसपास गणना नसकिएसम्म मदिरा बेच्न समेत देशैभरी रोक लगाइएको छ ।