Logo
Logo

स्थगित भएका ठाउँमा दुई दिन भित्र मतदान हुने


2.1k
Shares

काठमाडौं । आइतबार स्थगित भएका ठाउँमा दुई दिन भित्र मतदान हुने भएको छ । निर्वाचन आयोगले मतदान स्थगित भएका १५ स्थानमा दुई दिन भित्र मतदान गर्ने जानकारी दिएको हो ।

आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाका अनुसार सुर्खेत, नवलपरासी, बाजुरा र गुल्मीका मतदान केन्द्रमा मतदान गरिने बताए । आइतबार सकिएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९मा ६१ प्रतिशत मत खसेको छ ।

बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म ६१ प्रतिशत खसेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

यो अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार भएको उनले बताए । सबै विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने पनि आयोगले अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्