Logo
Logo

मतपेटिका संकलन नहुँदा सिन्धुपाल्चोकमा मत गन्न ढिलाई


378
Shares

काठमाडौं । सिन्धुपाल्चोकमा मतपेटिका संकलन नहुँदा अझै मत गणना हुन सकेको छैन । तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउन नसक्दा सिन्धुपाल्चोक–१ को मतगणना सुरु हुन नसकेको हो ।

निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार तेम्बाथान मतदान केन्द्रको मतपेटिका आउने वितिक्कै अपरान्ह १ बजेवाट मतगणना सुरु हुनेछ ।

दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नेकपा एमाले र सत्ता गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने बुझिएको छ । सिन्धुपाल्चोक क्षेत्र नं १ मा सत्ता गठबन्धबाट माओबादी केन्द्रका माधवप्रसाद सापकोटा र नेकपा एमालेका सरेश नेपाल प्रतिस्पधार्मा छन् । त्यस्तै क्षेत्र नं २ मा एमालेबाट शेरबहादुर तामाङ र गठबन्धनबाट मोहन बहादुर बस्नेत प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्