Logo
Logo

प्रधानमन्त्री भेट्न डीआइजी पोखरेल सिंगापुर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचाररत छन् । उपचाररत प्रधानमन्त्रीलाई भेट्न नेपालबाट किसिम किसिमका ब्यक्तिहरुको लाम लाग्न थालेको छ । मृगौलाको उपचार गराइरहेका प्रधानमन्त्री ओलीलाई भेट्न भनेर लर्काे लागेर सिंगापुरमा जाने क्रम बढेको छ । यसैक्रममा नेपाल प्रहरीका प्रवक्ता डीआइजी विश्वराज पोखरेल पनि प्रधानमन्त्री भेट्न सिंगापुर पुगेका छन् ।

भदौ ५ गते ३ महिने तालिमका लागि अमेरिका जाने क्रममा उनी सिंगापुर हुँदै गएका थिए । उनीसँगै एसपीद्वय सानुराम भट्टराई र मुकुन्द मरासिनी पनि अमेरिकी तालिममा छनौट भएका थिए । तर पोखरेल उनीहरुसँग नगई एक्लै सिंगापुर हुँदै गएका थिए । सिंगापुरमा प्रधानमन्त्री ओली उपचार गराइरहेका छन् । डीआइजी पोखरेलले प्रधानमन्त्रीलाई भेट गर्न पाए कि पाएनन् त्यो भने जानकारी प्राप्त हुन सकेन ।

डीआइजी पोखरेल आफ्ना ब्याजीहरुलाई उछिनेर रिक्त एक डीआइजी पदमा बढुवा भएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकारले नेकपाका सांसद तथा पूर्वडीआइजी नवराज सिलवाललाई कीर्ते अभियोगमा मुद्दा चलाउन अन्तिम समयमा पोखरेललाई काठमाडौं परिसरको एसएसपीमा सरुवा गरेका थियो । आफ्नै सांसदबिरुद्ध कीर्ते मुद्दा दर्ता गर्न हरतरहले लागेका पोखरेललाई नेकपाकै सरकारले पुरस्कृत गरी उनको ब्याचका एक से एक योग्य एसएसपीलाई जिल खुवाउादै डीआइजीमा बढुवा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्