Logo
Logo

तेह्रथुमको छथरमा पुनः मतदान हुने


693
Shares

तेह्रथुम । तेह्रथुमको एक मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ ।

छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रत्यक्षतर्फको मतदान रद्द गरी मंगलबार पुनः मतदान गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि पुनः मतदान गराउने निर्णय भएको पत्र निर्वाचन आयोगमा पठाएको छ ।

मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्यासमेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुनः मतदान गर्न माग गरेको आयोगमा लेखी पठाएको बताए ।

प्रतिक्रिया दिनुहोस्