Logo
Logo

स्याङ्जामा एमालेसहितका दलद्धारा पुनः मतदानको माग


1.3k
Shares

काठमाडौं । नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जामा पुनः मतदान गर्नुपर्ने माग गरेका छन् ।

जिल्लाको क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी कब्जा गरेर फर्जी मत खसालेको भन्दै उनीहरुले सोमबार पत्रकार सम्मेलन गररेर पुनः मतदानको माग गरेका हुन् । गठन्धनबाहेकका उम्मेदवारले पुनः मतदान गर्न मागसहित निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल लगायतले संयुक्त निवेदन दिएका हुन् । निवेदनमा उनीहरुले कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौं पटक मतदान गरेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्