चितवन । सुरुवाती गणनामा चितवनका ग्रामिण क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अपेक्षित मत ल्याउन नसकेको देखिएको छ । चितवन क्षेत्र नम्बर २ को इच्छाकामना गाउँपालिकामा गणना चलिरहँदा ठूलो मतान्तरसहित उनी तेस्रो स्थानमा छन् ।
दुई वटा वडाको २२८५ मत गणना हुँदा रविको २६० मात्र छ । एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले यहाँ ११४४ मतसहित अग्रता कायम राखेका छन् भने कांग्रेसका उमेश श्रेष्ठको ७०४ मत छ ।
रविको मत कम भएपनि उनको मतान्तर घटाइरहेका छन् । सहरी क्षेत्रमा उनको पक्षमा माहोल थियो । तर, ग्रामिण क्षेत्रमा अपेक्षा भन्दा थोरै मत उनले पाएपछि उनले पक्का जित्ने भनिएको यो ठाउँको परिणाम अन्तिम नजिता नआई आँकलन गर्न गाह्रो देखिएको छ ।