Logo
Logo

राष्ट्रिय स्वतन्त्र पार्टीले ८ क्षेत्रमा अग्रता लियो (सूचीसहित)


5.4k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ ।

प्रतिनिधिसभातर्फ हालसम्म नेपाली कांग्रेसले २ र नेकपा एमालेले १ क्षेत्रमा जित हात पारेको छ । अन्य दलले भने खाता खोल्न सकेका छैनन् ।

मतगणनाको दोस्रो दिन राति १२ बजेसम्ममा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ८ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ ।

काठमाडौं–६ मा शिशिर खनाल, चितवन–१ मा हरि ढकाल, झापा–४ मा शम्भुप्रसाद ढकाल, रुपन्देही–२ मा गणेश पौडेलले अग्रता लिएका छन् ।

त्यसैगरी, कास्की–२ मा माधवप्रसाद कँडेल, कास्की–३ मा योगराज पौडेल, काठमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसीमा कार्कीले अग्रता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्