Logo
Logo

तनहुँमा कांग्रेसका पौडेल र भण्डारीको अग्रता जारी


3k
Shares

तनहुँ । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना जारी रहेको छ । मतगणनामा गठबन्धनको अग्रता कायमै रहँदै आएको छ ।

तनहुँ क्षेत्र नं २ प्रतिनिधिसभा तीस हजार तीन सय ८२ मत गणना हुँदा नेपाली कांग्रेसका शङ्कर भण्डारीले १४ हजार एक सय आठ, नेकपा एमालेका किरण गुरुङले ११ हजार दुई सय ८६ मत पाएका छन् । दुई हजार आठ सय २२ मतका साथ कांग्रेसका भण्डारी अग्रस्थानमा छन् ।

त्यसैगरी तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका रामचन्द्र पौडेलले एक हजार सात सय बैसठ्ठी, एमालेका एकबहादुर रानाले एक हजार तीन सय एक मत पाएका छन् । कांग्रेसका पौडेल चार सय एकसठ्ठी मतले अग्रस्थानमा छन् ।

त्यसैगरी तनहुँ (२) क मा दश हजार छ सय ४६ मत गणना हुँदा गठबन्धनका राजेन्द्रकेशरी न्यौपानेको चार हजार दुई सय पचपन्न, एमालेका श्यामराजा महत तीन हजार आठ सय त्रियानब्बे मत रहेको छ । गठबन्धनका न्यौपाने तीन सय बैसठ्ठी मतले अग्रता छ ।

त्यसैगरी तनहुँ क्षेत्र नं १ (२) मा तीन हजार तीन सय त्रिहत्तर मत गणना हुँदा गठबन्धनका हरिबहादुर चुमानको एक हजार सात सय अठ्ठार, एमालेका पूर्ण गुरुङको सात सय बयनब्बे मत रहेको छ । नौ सय छब्बीस मतले चुमानले अग्रता लिएका छन्।

तनहुँ क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदातामा ६६ हजार नौ सय ६५ मत खसेको छ भने क्षेत्र नं २ मा एक लाख २५ हजार पाँच सयमा ६८ हजार दुई सय ७१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्