Logo
Logo

रूकुमपश्चिममा अर्थमन्त्री शर्मालाई सुरुवाती अग्रता


31.7k
Shares

फाइल फोटो

सुर्खेत । रूकुमपश्चिममा आइतबार सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मतगणना सुरु भएको छ ।

आज बिहानदेखि सुरु भएको मतगणनामा अर्थमन्त्री जनार्दन शर्माले सुरुवाती अग्रता लिएका छन् । मतगणनामा माओवादी केन्द्रका उम्मेदवार शर्माले पहिलो चरणमा गणना भएका ७३७ मतमध्ये ३५९ मत ल्याएका छन् ।

उनका उनका प्रतिद्वन्द्वी एमाले उम्मेदवार नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्। शर्मा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार हुन् । राप्रपाका उम्मेदवार दिपककुमार मल्लले ७० मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार तारक केसीले २७ र हरिबहादुर पुनले दुई मत ल्याएका छन् । २०६४ सालदेखि निरन्तर विजयी हासिल हुँदै आएका शर्मा यसपटक चौथो विजयको दौडमा छन् ।

प्रतिक्रिया दिनुहोस्