Logo
Logo

उदयपुर २ मा एमालेकाे अग्रता, पछ्याउँदै एकीकृत समाजवादी


16.9k
Shares

काठमाडौं । उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । पछिल्लो मत अपडेटअनुसार एमालेका उम्मेदवार अम्वरबहादुर रायामाझीले ८ हजार ७१५ मत ल्याई अग्रस्थानमा छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार जगन्नाथ खतिवडा ७ हजार ५२१ मतका साथ दोस्रो स्थानमा छन् । यता स्वतन्त्र उम्मेदवार रामकुमार राई पाँच हजार ५६४ मतसहित तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्