Logo
Logo

राष्ट्रिय स्वतन्त्र पार्टी १२ क्षेत्रमा अगाडि, अधिकांश जित नजिक (सूचीसहित)


3.6k
Shares

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्षतर्फको मतगणनाअनुसार अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीले १२ क्षेत्रमा अग्रता लिएको छ । 

अहिलेसम्मको गणनाअनुसार काठमाडौं–६ मा शिशिर खनाल, सुनसरी–२ मा लाल बिक्रम थापा, चितवन–१ मा हरि ढकाल, काठमाडौं–७ मा गणेश पराजुली ठूला दलका उम्मेदवारलाई पछि पार्दै अघि बढेका छन् ।

त्यसैगरी, सुनसरी–३ मा कमलबाबु मैनाली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, झापा–४ मा शम्भुप्रसाद ढकाल, रुपन्देही–२ मा गणेश पौडेल अगाडि छन् ।

त्यस्तै, कास्की–२ मा माधवप्रसाद कँडेल, चितवन–२ मा रवि लामिछाने, काटमाडौं–२ मा सोविता गौतम र ललितपुर–३ मा तोसीमा कार्की अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्