Logo
Logo

ओली अहंकारको परिणाम- अछामका दुबै क्षेत्रमा एमाले पराजित हुने निश्चित


43.8k
Shares

झपट बोहरा र यज्ञबहादुर बोगटी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन–२०७४ मा नेकपा एमालेले अछामको दुबै निर्वाचन क्षेत्र जितेको थियो । तर, यसपटक भने दुबै निर्वाचन क्षेत्र गुमाउने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अछामबाट निर्वाचित हुँदै आएका एमालेका प्रभावशाली नेता भीम रावलको टिकट खोसेका कारण एमालेले दुबै निर्वाचन क्षेत्र गुमाउने पक्का भएको हो ।

दुबै निर्वाचन क्षेत्रमा मतगणना अन्तिम चरणमा पुगेको छ । अहिलेको मतअन्तर हेर्दा अछाम–१ मा एकीकृत समाजवादी र अछाम–२ मा नेपाली कांग्रेस विजयी हुने निश्चित जस्तै भएको छ ।

अछाम–१ एमालेले भीम रावललाई पाखा लगाएर झपटबहादुर बोहरालाई टिकट दिएको थियो । पछिल्लो गणनाअनुसार बोहराले ६ हजार २६४ मत पाएका छन् । 

तर, एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवरले भने झण्डै दोब्बर अर्थात १० हजार २९० मत पाएका छन् । कुँवर र बोहराबीच ४ हजार २६ मतान्तर रहेको छ ।

त्यसैगरी, एमालेले अछाम–२ मा अघिल्लो निर्वाचन जितेका यज्ञबहादुर बोगटीलाई नै उम्मेदवार बनाएको छ । हालसम्म बोगटीले ६ हजार ३७ मत पाएका छन् । तर, कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाहले ९ हजार ५३ मत पाएका छन् । शाह र बोगटीबीच ३ हजार १६ को मतान्तर रहेको छ ।

भीम रावल अछाम–१ बा प्रतिनिधिसभा सदस्याका लागि एकल सिफारिसमा परेका थिए । तर, अध्यक्ष ओलीले अन्तिम समयमा रावलको टिकट खोसेका थिए ।

अछाम–२ मा धने कांग्रेस उम्मेदवार शाहले यसपटक विजयी हुँदै अघिल्लो निर्वाचनमा बेहोरेको हारको बदला लिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्