Logo
Logo

दाङ-१ मा मतान्तर बढाउँदै मेटमणि चौधरी


12.1k
Shares

काठमाडौं । दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणि चौधरीले अग्रता बढाउँदै लगेका छन् । उनले नेकपा एमालेका शान्ता चौधरीलाई ७ सय ३५ मतले पछि पारेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ मेटमणिले २ हजार ३६ मत पाएका छन् । उनका निकटतम् प्रतिद्वन्दी एमालेका शान्तले १ हजार ३०१ मत पाएका छन् । 

दाङ १ मा मेटमणि र शान्ता पूर्वसहकर्मी भएकाले उनीहरूबीचको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । नेकपा एमाले विभाजन भएपछि मेटमणि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उनी दाङ १ बाट विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्