Logo
Logo

मतदान भएको दुई दिनपछि सोलुमा मतगणना सुरू


2.7k
Shares

सोलु । मतदान भएको दुई दिनपछि सोलुखुम्बुमा मतगणना सुरु भएको छ । सोमबार बेलुकासम्ममा संकलन गरिएको मतपेटिका मंगलबार साँझ ५ बजेबाट गणना सुरू भएको हो ।

जिल्ला समन्वय समितिको भवनमा आठ स्थानमा गणनाको कार्य भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सहायक निर्वाचन अधिकृत नगेन्द्रकुमार कालाखेतीका अनुसार जिल्ला समन्वय समितिको समिक्षा हलमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फको एकै साथ ४ स्थानमा र जिल्ला समन्वय समितिको हलमा २ वटै प्रदेशसभाको प्रत्यक्ष तथा प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फको गणना सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्