Logo
Logo

अख्तियारको फन्दामा गुप्तचर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ भदौ ।

राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, रूपन्देहीका अनुसन्धान सहायक विरेन्द्र पाण्डेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

भारतबाट घरायसी प्रयोजनका सामानहरू ल्याउने क्रममा मासिकरूपमा रकम नदिए सामान जफत गरी थुनी दिने भनी डरधम्की देखाई घुसररिसवत माग गरी रहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले विरेन्द्र पाण्डे भन्ने विरेन्द्र प्रसाद पाण्डेले उनलाई पक्राउ गरेको थियो ।
उनीसँगै पक्राउ परेका विरेन्द्र बर्मालाई भने आयोगले मुद्दा नचलाउने निर्णय गरेको छ । अनुसन्धानमा सहयोग गरेकाले उनलाई मुद्दा नचलाउने निर्णय भएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्