Logo
Logo

कपिलवस्तुका सईविरुद्ध मुद्दा दायर


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १७ भदौ । 

कपिलवस्तुमा कार्यरत प्रहरी नायब निरीक्षक सुरेश बहादुर थापाविरुद्ध मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको खुलेपछि अख्तियारले मुद्दा दायर गरेको हो ।
माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट प्राप्त इन्टरमिडिएट तहको झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र प्रहरी सहायक निरीक्षकको पदमा बढुवा हुनु अगावै खुल्ला प्रतियोगिताको लागि लिएको परीक्षामा फर्म भर्न उक्त प्रमाणपत्र पेश गरी डोसियर बुकमा समेत उल्लेख गरेको देखिंदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको हुँदा निज प्रहरी नायब निरीक्षक सुरेश बहादुर थापालाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्