Logo
Logo

काठमाडौंमा डेढ करोडको चोरी गर्ने १० जना पक्राउ


8.3k
Shares


काठमाडौं । साउको गोदामबाट कर्मचारीकै मिलेमतोमा काठमाडौंको डिल्लीबजारस्थित एक गोदामबाट डेढ करोड रुपैयाँ बराबरको कपडा चोरी भएको छ । चोरीको सामान बरामद गरी यसमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतीय नागरिकले सञ्चालन गरेको गोपाल इन्टरप्राइजेजको गोदामबाट २ मंसिरमा पर्दा तथा सोफा बनाउन प्रयोग महंगा कपडा चोरी भएको थियो । प्रहरी वृत्त मालीगाउँले चोरीको कपडा समेत बरामद गरी यसमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।


पक्राउ पर्नेमा सो कम्पनीका कर्मचारी दोलखाका दिलिप कार्कीसहित, रामचन्द्र खड्का, प्रदिप केसी, प्रकाश कोइराला, पवन बस्नेत, लोक बहादुर तामाङ, प्रदिप कार्की,छत्र बहादुर भट्टराई, लाल बहादुर राम र लोक बहादुर नेपाली छन् । चोरीमा प्रयोग भएका गाडी पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्