काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन कुमार थापालाई भावी प्रधानमन्त्रीमा प्रस्ताव गरेका छन् । थापालाई सामाजिक सञ्जालमा बधाई दिदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।
काठमाडौं ४ बाट विजयी भएका थापाले आफुले संसदीय दलको नेतामा लड्ने भन्दै भावी प्रधानमन्त्रीको दाबेदारी पेश गरेका छन् । संसदीय दलमा बहुमत ल्याउन उनले कसरत अघि बढाइसकेका छन् । जसमा उनले विश्वप्रकाशको सुरुमै साथ पाएका छन् । यो निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बन्ने सम्भावना देखिएको छ । त्यो अवस्थामा संसदीय दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापाबीच टक्कर पर्नेछ ।