काठमाडौं । मंसिर ४ गते सम्पन्न आम निर्वाचन–२०७९ को नतिजा आउने क्रम जारी छ । बुधबार बिहानसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ जना प्रत्यक्षमा निर्वाचित भएका छन् ।
पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस १३ सिट जितेर पहिलो दल बनेको छ । नेकपा एमाले ४ सिट जितेर दोस्रो स्थानमा कांग्रेसलाई पछ्याइरहेको छ ।
यता रवि लामिछाने नेतृत्वको रास्वपाले ४ सिट जितेको छ भने एकीकृत समाजवादी पार्टीले १ सिट जितेको छ । त्यस्तै कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले पनि १ सिट जितेकाे छ ।
नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत अन्य दलले अहिलेसम्म जित हासिल गर्न सकेका छैनन् । यता प्रत्यक्षमा पछि परेको एमाले समानुपातिकमा पहिलो दल बनिरहेको छ भने कांग्रेस दोस्रो स्थानमा छ ।
समानुपातिकमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ । माओवादी केन्द्र, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु निकै पछि रहेका छन् ।
नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन
२. मनाङ– टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८. ललितपुर १– उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा– शेरबहादुर देउवा
११ं. काठमाडौं–१० राजेन्द्र केसी
१२. पर्सा–४ रमेश रिजाल
१३. सुर्खेत-२ हृदयराम थानी
नेकपा एमाले
१.उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३.ललितपुर २– प्रेमबहादुर रायमाझी
४. गुल्मी २ – गोकर्ण विष्ट
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोविता गौतम
४. ललितपुर ३ – तोसिमा कार्की
नेकपा एकीकृत समाजवादी
१. अछाम १ –शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके २ – धवलसमशेर जबरा
नागरिक उन्मुक्ति पार्टी
१. कैलाली १– गंगाराम चौधरी