Logo
Logo

गोरखा २ प्रदेशसभामा कांग्रेसका पाण्डे विजयी


882
Shares

गोरखा । गोरखा निर्वाचन क्षेत्र २ को ख मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार आठ सय ८२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले पाँच हजार तीन सय ६० मत प्राप्त गरेका छन् । पाण्डे ११ हजार पाँच सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल भएका हुन् ।

विजयको औपचारिक घोषणा हुन भने बाँकी रहेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । सो क्षेत्रमा कुल २७ हजार चार सय ३० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्