Logo
Logo

समानुपातिकतर्फ कुन दलले कति मत पाए ?


3.9k
Shares

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको समानुपातिकतर्फ अहिलेसम्म सबैभन्दा धेरै मत नेकपा एमालेले ल्याएको छ । एमाले हालसम्म २ लाख सात हजार २९९ मत पाएको छ ।

यस्तै, नेपाली कांग्रेसले १ लाख ८३ हजार ३५२ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ९५ हजार ५९८ मत ल्याएर अहिलेसम्म तेस्रो स्थानमा छ ।

यस्तै, नेकपा माओवादीले ८६ हजार ४३३ मत पाएको छ भने एकीकृत समाजवादीले १० हजार ९१९ मत पाएको छ ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ४९ हजार ७६२, नागरिक उन्मुक्ती पार्टीले ९ हजार ६९३, जसपाले १५ हजार १८, जनमत पार्टी ९ हजार ४६१ मत पाएको छ । मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्