Logo
Logo

भीम रावललाई टिकट खोस्नुको परिणाम : अछाम-१ पराजित हुँदै एमालेले गुमायो विरासत


25.9k
Shares

काठमाडौं । निरन्तर निर्वाचन जित्दै आएको नेकपा एमालेले प्रतिनिधिसभातर्फ सुदूरपश्चिम प्रदेशको अछाम–१ गुमाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोधका आधारमा यस निर्वाचन क्षेत्रबाट लामो समयदेखि निर्वाचन जित्दै आएका भीम रावललाई टिकट खोसेपछि एमालेका उम्मेदवार झपटबहादुर बोहरा पराजित भएका हुन् ।

यस क्षेत्रमा एमालेबाट बिद्रोह गरेर बनेको पार्टी नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन् ।

कुँवर १९ हजार ५३४ मतसहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका रावलले १५ हजार ४५ मत मात्र पाएका छन् ।

सुदूरपश्चिममा एमालेको आधारक्षेत्र मानिएको यस क्षेत्रमा एमाले पराजित हुनुको मुख्य कारण भीम रावललाई टिकट नदिनु हो ।
भीम रावल यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्याका लागि एक सिफारिसमा परेका थिए । तर, ओलीले टिकट खोस्दै बोहरालाई उम्मेदवार बनाएको थियो ।

भीम रावलको टिकट खोसिएपछि एमाले अछामका धेरै नेता कार्यकर्ताले पार्टी परित्याग गरेका थिए ।

एमालेले अछाम–२ पनि गुमाउने भएको छ । यहाँ नेपाली कांग्रेसका पुष्पबहादुर शाह १४ हजार ९१८ मतसहित अगाडि छन् भने एमालेका यज्ञबहादुर बोगटीले १० हजार ७९५ पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्